Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • आइतबार, असार २० २०७८

  • बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको  मृत्यु

    बैतडी –बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो।
    आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।
    घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक र गाडी मालिक भने फरार भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij