Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि जीवन विकास लघुवित्तको आईपीओ निष्काशन


  • शुक्रबार, असार ११ २०७८

  • आजदेखि जीवन विकास लघुवित्तको आईपीओ निष्काशन

    काठमाडौं –जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

    लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

    आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij