काठमाडौं – मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण देशका भिन्न ठाँउमा जनधनको क्षति भए पछि उद्घार तथा राहतमा जुट्न नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । ‘ यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई तत्काल आ – आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु’ सभापति शेरबहादुर देउवाले भनेका छन ।
यसैविच नेपाल तरुण दलले पनि वाढी प्रभावितहरुको राहत तथा उद्धारमा खटिन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निदेशन दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
