काठमाडौं – डेढ महिनाको निषेधाज्ञा सकिनै लाग्दा प्रहरीले थप कढाई गर्न थालेको छ । अत्यावश्यक सामग्री भन्दा बाहेकका पसल खोलेको भन्दै प्रहरीले आइतबार विहानै बशुन्धराका करिव दर्जन व्यवसायीलाई पक्राउ गरेको छ । फेन्सी, जुत्ता , भाँडा पसलेहरुलाई पक्राउ गरेको हो ।
अत्यावश्यक सामग्री भिन्न पर्ने तरकारी पसलेहरु लाई समेत प्रहरीले धरपकड र दुर्यवहार गरेको गुनासो व्यवसायीहरुको छ । प्रहरीले तराजु र तरकारी समेत जफत गर्ने गरेको उनीहरुको भनाइ छ । प्रहरीले भने निषेधाज्ञा उलंग्न गर्ने व्यवसायी नियन्त्रणमा लिएको बताएको छ । लामो निषेधाज्ञाते आफुहरुलाई धेरै मर्का परेको व्यवसायीको भनाई छ ।
व्यवसायीलाई पक्राउ गर्दा प्रहरीले स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेको देखियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
