Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


  • शनिबार, जेष्ठ २९ २०७८

  • बागमती प्रदेशको नीति तथा कार्यक्रम  बहुमतले पारित

    काठमाडौं – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । विहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार छलफल भएपछि पारित भएको हो ।

    उक्त नीति तथा कार्यक्रममा विपक्ष सांसदहरुले पेश गरेको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसदमा पेश गरेको थिए ।

    सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij