काठमाडौं – नेपाल बंगलादेश बैंकले २७औँ वार्षिकोत्सव मनाएको छ । बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो ।
नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा स्ञ्चालित बैंक हो । यस बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ ।
बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिँदै आएको जनाएको छ । बैंकले हाल नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २,५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको जनाएको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गरिनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
