Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता मोहन आचार्यद्वारा स्वास्थ्य समागी सहयोग


  • बिहिबार, जेष्ठ २० २०७८

  • कांग्रेस नेता मोहन आचार्यद्वारा स्वास्थ्य समागी सहयोग

    रसुवा २० जेठ / जिल्लामा कोरोना संक्रमण बढे सँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै व्यक्तिगत रुपमा नेपाली कांग्रेसका नेता रसुवाका समाजसेवी एवम प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराए ।
    व्यक्तिगत रुपमा भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरि जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरि उहाँले जिल्लालाई स्वास्थ्य समाग्री उपलब्ध गराएका हुन्।
    करिब १६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री आज जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई हस्तान्तरण गरियो।
    जिल्लाका नागरिकहरुको उपचारमा सहजता होस भन्ने उघ्देश्यले जन प्रतिनिधिको नाताले आफुले उक्त सामाग्री खरिद गरि जिल्लालाई उपलब्ध गराएको प्रतिनिधि सभा सदस्य मोहन आचार्यले बताए ।
    प्राप्त सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरुमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालकोले बताए।
    त्यसैगरि प्रतिनिधिसभा सदस्य आचार्यले बिहिबार नै त्रिशुली अस्पताल नुवाकोटलाई पनि मिनि भ्यान्टिलेटर २ वटा, एबिजि ९ आइसियुमा प्रयोग हुने सामान ० १ वटा हस्तान्तरण गरेका छन् ।
    गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रुपमा जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंतिमा रहेका ५ सय ८ जनालाई निशुल्क कोरोना बिमा, बिपन्नलाई राहात बितरण लगायतका सहयोग गरेका थिए ।
    भेन्टिलेटर लगायतका अत्यावश्यक सुबिधा नहुदाँ जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । रिफर भएकाहरुमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कम लगायतका समस्या देखिएको छ ।
    जिल्लामा पुर्ण प्रबिधि नहुदाँ कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाण्डौ रिफर हुनुपर्ने बाध्यता रहेको छ । अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केहि सहज हुने बताइएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij