काठमाडौं – सरकारले जारी निषेधाज्ञा थप १० दिन लम्बाउने भएको छ । तर केहि जेनलाई खुकुलो पार्ने तयारी छ । किराना पसल, डिपाटमेन्ट स्टोर लाई विहान १० बजे सम्म खोल्न दिने तयारी छ । वर्क सपलाई पनि विहान १० बजे सम्म खोल्न दिइने छ । अनलाइन डेलिभरी बिहान १० बजेसम्म खुल्न दिइनेछ ।
ढुवानी सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय हुने भएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले केही क्षेत्र खुकुलो बनाउने विषयमा छलफल गरे पनि अन्तिम निर्णय भोली मात्रै गरिने भएको छ । कोभिड संक्रमण बढ्दै गए पछि सरकारले लगाएको निषेधाज्ञा १ महिना नाघेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
