Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साढे ४ लाखको अवैध सामान कञ्चनपुरमा बरामद


  • सोमबार, जेष्ठ १७ २०७८

  • साढे ४ लाखको अवैध सामान कञ्चनपुरमा बरामद

    धनगढी – सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे ४ लाख बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउट पोष्ट (बीओपी) पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापा चोकबाट खटिएको टोलीले सीमामा गस्ती गर्ने क्रममा अवैध ४ लाख ६६ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले चिनी, किरानाका सामान, मल, बिउविजन, मैदा, खेत जोत्ने हैरो, माछा र मोटरसाइकल बरामद गरिएको जनाएको छ । बरामद गरिएका माछा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन बेलौरी र अन्य सामान भन्सार कार्यालयमा बुझाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij