काठमाडौं – कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्यु भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
