Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च अदालत जाने


  • सोमबार, जेष्ठ १० २०७८

  • आज विपक्षी गठबन्धनका सांसदहरु  सर्वोच्च अदालत जाने

    काठमाडौं -विपक्षी गठबन्धन वैकल्पिक सरकार गठनको दाबी खारेज र संसद विघटनविरुद्ध आज नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू सर्वोच्च अदालत जान लागेका छन्।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सर्वोच्च जान लागेका हुन्।

    प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका यी दल सोमबार सर्वोच्चमा रिट लिएर जान लागेका हुन्।
    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न परमादेश माग्ने तयारीमा उनीहरू छन्।
    आइतबार नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा रोकिएको थियो।
    गत शुक्रबार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij