Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकामा थपिए २६३५ जना कोरोना संक्रमित


  • मंगलबार, जेष्ठ ४ २०७८

  • काठमाडौं उपत्यकामा  थपिए २६३५ जना कोरोना संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडाैंमा २०४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका छन् ।
    यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ ।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २,०४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्‍चोकमा ३१५ र चितवनमा ३०८ जना संक्रमित थपिएका छन् ।

    यस्तै सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

    सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९/१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५/१०५ जना र तनहुँमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्‍चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्‍चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

    रौतहट र बैतडीमा ४९/४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्‍यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै रूकुम पश्‍चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४/१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०/१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    भोजपुर र प्‍युठानमा ४/४ जना, खोटाङ र बागलुङमा २/२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij