Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सात हजार ३ सय ६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु


  • आइतबार, जेष्ठ २ २०७८

  • सात हजार ३ सय ६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु

    काठमाडौं – पछिल्लो २४ घन्टामा सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
    एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
    १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको थियो ।
    गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
    काठमाडौं उपत्यकामा काठमाडौंमा १८८१, भक्तपुर २९२ र ललितपुरमा ४३६ संक्रमित थपिएका छन् । संक्रमित र मृत्युदर केहि घटेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij