Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लागुऔषध चरेससहित दुई पक्राउ


  • आइतबार, जेष्ठ २ २०७८

  • लागुऔषध चरेससहित दुई पक्राउ

    बैतडी- लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।

    उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो । मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    सुप प्र४००१ प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो । बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।

    निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij