Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल टेलिकमले ल्यायो ‘लकडाउन स्टे कनेक्टेड अफर’


  • शनिबार, जेष्ठ १ २०७८

  • नेपाल टेलिकमले  ल्यायो ‘लकडाउन स्टे कनेक्टेड अफर’

    काठमाडौं – नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ। जसअन्तर्गत अनलिमिटेड डे डेटा बोनस योजना रहेको छ। कम्पनीले शुक्रबार (वैशाख ३१) देखि एक महिनाका लागि यो योजना ल्याएको हो।

    अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ। यसको स्पिड १ एमबिपिएससम्म हुनेछ।यस अफरअन्तर्गत किनेको प्याक चलाउन सकिने समयावधि २४ घन्टा हुनेछ। दैनिक रूपमा एकपटक मात्र किन्न सकिने यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने बताइएको छ।

    कम्पनीका अनुसार सो समय अघिपछि डेटा चलाउँदा ग्राहकले किनेको अन्य डेटा प्याक वा पे एज यू गो उपयोग हुने कम्पनीले जनाएको छ । यो अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवाप्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा पाइनेछ। २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध हुने र २ दिनभित्र प्रयोग गर्न सकिनेछ।

    यसैगरी, ५ सय रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डेटा उपलब्ध हुनेछ। जुन ४ दिनभित्र प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij