काठमाडौं – नेपालमा कोभिड संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा १६ हजार ७७० वटा नमुनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
