Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता


  • सोमबार, बैशाख ६ २०७८

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ ।सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
    नयाँ मुख्यमन्त्रीमा  माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।
    लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ । यस्तौ माओवादी केन्द्रले आफ्ना दुई सांसदमाथि कारवाही गरेको छ ।
    प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij