काठमाडौं– शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलसिकप्टरको प्रयोग गरिएको छ।
बुढानिलकण्ठ नगरपालिका–१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको छ ।
सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ।
आइतबार बिहान करिब ११ बजे आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिएको छ ।
आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका थिए। जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
