Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेगा बैंकले अटो रिक्सा धितोमा कर्जा दिने


  • मंगलबार, चैत्र १७ २०७७

  • मेगा बैंकले अटो रिक्सा धितोमा कर्जा दिने

    काठमाडौं– मेगा बैंकले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

    सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्ने बैंकको भनाई छ ।

    मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताईन् ।

    नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij