Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एन आई सी एशिया क्यापिटलको एकै पटक २ शाखा विस्तार


  • बुधबार, चैत्र ११ २०७७

  • एन आई सी एशिया क्यापिटलको एकै पटक २ शाखा विस्तार

    काठमाडौं– एनआईसी एशिया क्यापिटलले धितोपत्र बजार सम्बन्धि सेवालाई आक्रामक बनाउँदै लगेको छ । देशव्यापी रुपमा ठूलो सञ्जाल बनाएको एनआईसी एशिया बैंक सरह क्यापिटलले सेवा जहाँबाट पनि उपलब्ध गराउन आफ्ना शाखाहरु विस्तार गर्ने क्रमलाई आक्रामक बनाएको छ ।
    यस क्रममा क्यापिटलले एकै पटक २ स्थानमा आफ्ना शाखाहरु विस्तार गरेको छ । राजधानीको अनामनगर र चाबहिलमा क्यापिटलले बुधबारदेखि एकै पटक शाखा सञ्चालनमा ल्याएको हो ।
    पछिल्लो समयमा धितोपत्रको कारोवार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्ने लगायतका सेवा लिने सर्वसाधारणहरुको संख्या बढ्दो क्रममा रहेकोले आफुहरुले शाखा विस्तारलाई तीव्र बनाएको क्यापिटलले जनाएको छ । क्यापिटलबाट प्रदान गरिने सेवाको गुणस्तर कायम गर्दै सेवा लिन चाहने तथा सेवा लिइरहेका सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा सहज र सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्यका साथ शाखाहरु बिस्तार गरिएको क्यापिटलको भनाई छ ।
    विस्तारित शाखाहरुबाट क्यापिटलले खुलामुखी योजनको इकाईको खरिद बिक्री सम्बन्धी सेवाका साथै, लगानी व्यवस्थापन (पीएमएस) सेवा, डिम्याट खाता, मेरो शेयर खाता खेल्ने तथा नवीकरण गर्ने लगायत निक्षेप सदस्यका सबै सेवा, अनलाइनबाट डिम्याट खाता खोलेका सेवाग्राहीलाई उपस्थित भएर प्रमाणीकरण गराउने जस्ता सेवा पनि उपलब्धभ गराउने क्यापिटलले जनाएको छ ।
    बबरमहलस्थित मुख्य कार्यालयका साथै क्यापिटलले नयाँबजार – ९, कीर्तिपुरबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वसुलभ बनाउन काठमाण्डौ उपत्यका भित्र तथा उपत्यका बाहिरका प्रमुख शहरहरुमा शाखा कार्यालय विस्तार गर्दै जाने रणनीति क्यापिटलले बनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij