Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वीरगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ


  • सोमबार, चैत्र ९ २०७७

  • वीरगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ

    काठमाडौं – पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित शिव नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा गाउँबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

    धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका नेपालीको साथबाट प्रहरीले डाईजेपाम ६३ एम्पुल, नुफ्रिन ६२ एम्पुल र प्रोमाथाईजिन ६३ एम्पुल बरामद गरेको छ । उनीविरुद्ध प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij