Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरमा फागुपूर्णे महोत्सव आयोजना हुने


  • सोमबार, चैत्र २ २०७७

  • भक्तपुरमा फागुपूर्णे महोत्सव आयोजना हुने

    भक्तपुर – भक्तपुर साँस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव आयोजना हुने भएको छ । ममता केन्द्र नेपाल, चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रालिको व्यवस्थापनमा चैत १३ गतेदेखि २१ गतेसम्म फागुपूर्णे होलीलाई लक्षित गरी मेला आयोजना गरिन लागेको संयोजक संगम लामाले जानकारी दिएका छन् ।

    भक्तपुर नगरपालिका वडा नम्बर ७ महेश्वरी खेल मैदानमा हुने दोस्रो भक्तपुर साँस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव–२०७७ एवम् कराँते प्रतियोगिता भक्तपुर डान्स आइडल–२०७७ प्रतियोगिता समेत हुनेछ । ‘९ दिन लामो मेलामा कराँते प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न खेलहरुको आयोजना हुनेछ’ संयोजक लामाले भने । मेलामा हाम्रा दैनिक उपभोगीय सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउने आयोजकको तयारी छ ।

    मेलामा १ सयवटा विभिन्न स्टलहरू रहनेछन् । स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामग्री, दैनिक आवश्यकीय सामग्रीहरु उपलब्ध गराइने संयोजक लामाले जानकारी दिए । यस्तै मनोरञ्जनका खेलहरु पनि समावेश हुने जसमा रोटे पिङ, नाउ, ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला मिकी माउस जम्पीङ, विभिन्न जादु लगायतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु यसमा समावेश हुने छन् ।

    यस्तै स्थानीय एवं राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूबाट बेजोड प्रस्तुतिहरु दैनिक रुपमा हुने छन् । करिब २ लाखले अवलोकन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मेला भक्तपुरमा नै पहिलो हुने आयोजकको दाबी छ । मेलामा काभ्रे, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं लगायतका जिल्लाबाट मेलामा सहभागिता हुने अपेक्षा आयोजकले लिएको छ । स्थानीय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था भएको र कृषिको स्टल राख्नेलाई प्राथमिकता दिने लामाले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij