Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित


  • आइतबार, चैत्र १ २०७७

  • उद्योग संगठन मोरङको अध्यक्षमा  सुयस प्याकुरेल निर्विरोध निर्वाचित

    विराटनगर – उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारणसभाबाट प्याकुरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्याकुरेल एमएम प्लाष्टिक उद्योगका सञ्चालक हुन् ।
    संगठनको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ७७ मत ल्याउँदै प्रदीपकुमार मुरारका निर्वाचित भएका छन् । मुरारकाले प्रतिस्पर्धी राकेश सुरानाले ७५ मत ल्याएका थिए ।
    संगठनको उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा विपिन कावरा पनि निर्विरोध निर्वाचित भएका छन् ।
    कार्यसमिति सदस्यहरुमा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री राजन, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे चयन भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij