Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भागरथी भट्ट हत्याका अभियुक्तलाई राखियो बाल सुधारगृहमा


  • शुक्रबार, फाल्गुन २८ २०७७

  • भागरथी भट्ट हत्याका अभियुक्तलाई  राखियो बाल सुधारगृहमा

    डोटी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ ।
    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।
    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको बलात्कारपछि हत्या गरेको अभियोग त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij