Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अकोराबको अध्यक्षमा गिरी विजयी


  • बिहिबार, फाल्गुन २७ २०७७

  • अकोराबको अध्यक्षमा गिरी विजयी

    काठमाडौं– सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी विजयी भएका छन्। काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।
    अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए भने ३ मत बदर भएको थियो। यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी चयन भएका छन्। उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार, भुवन सिंह चयन भएका छन्।
    महासचिवमा किशोरजङ्ग थापा चयन भएका छन्। कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij