काठमाडौं– संसद सचिवालयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। निर्वाचन आयोगले मंगलबार नै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।
सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
