Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोमल वलीले गरिन पूर्वमन्त्री पन्तविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता


  • मंगलबार, फाल्गुन २५ २०७७

  • कोमल वलीले गरिन पूर्वमन्त्री पन्तविरुद्ध  गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता

    काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।
    उनले पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताइन । पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘उहाँले मसँग माफी माग्नु भएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्षम्य हुने खालको छैन ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij