Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए


  • बुधबार, फाल्गुन १९ २०७७

  • सांसदहरुले  कोरोनाविरुद्धको खोप लगाए

    काठमाडौं – प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाएका छन् ।
    बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् ।
    खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न ४ बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।
    सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij