काठमाडौं – बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । उनी सोमबार श्रीमतीसहित लन्डन पुगेका थिए । रेग्मीले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरेका थिए ।
नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट राजीनामा गरेका थिए । उनले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदूत पदको सपथ लिएका हुन्
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
