Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ


  • आइतबार, फाल्गुन १६ २०७७

  • साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय प्रज्वल पोख्रेल पक्राउ परेका हुन्। कपिलवस्तु घर भएका पोख्रेल रुपन्देहीको सैनामैना नगरपालिका ६ मा बस्दै आएका थिए।

    उनले ब्युरोको फेसबुक पेजबाट कुरा गरी आपराधिक लाभ समेत लिने र प्रहरीलाई बदनाम गराउने गरेको ब्युरोले जनाएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत कारबाही अगाडि बढाएको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij