Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइपिओको नतिजा अब सञ्चार माध्यमबाट हेर्न नपाइने, यी तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने


  • बिहिबार, फाल्गुन १३ २०७७

  • आइपिओको नतिजा अब  सञ्चार माध्यमबाट हेर्न नपाइने, यी तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

    काठमाडौं– अब प्राथमिक सेयर ९आइपिओ०को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए।
    ‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन यस्तो गरिएको सिडिएसले जनाएको छ ।
    भोलि शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ। सो कम्पनीको आइपिओ पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ। सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij