Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त


  • बुधबार, फाल्गुन १२ २०७७

  • नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त

    काठमाडौं– नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त भएका छन्। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत नियुक्त गरेको हो।
    अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भइ आएका उनलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गराइयो।

    नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति/रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन सुझाए। साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

    नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशिल रहने प्रतिबद्वता व्यक्त गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij