काठमाडौं– गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका –१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्। मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।
हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।
उनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको गोरखा प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
