Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुमारी क्यापिटलले फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड निष्काशन गर्दै


  • बिहिबार, फाल्गुन ६ २०७७

  • कुमारी क्यापिटलले फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड निष्काशन  गर्दै

    काठमाडौं– कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

    फण्डको इकाईमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

    १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

    कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij