Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुरु जलविद्युतले फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने


  • बिहिबार, माघ २९ २०७७

  • रुरु जलविद्युतले फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडले यही फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
    स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

    हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ।

    आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ। यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ।

    स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

    यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन फागुन ७ गतेदेखि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउँछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij