Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिपरको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते


  • बिहिबार, माघ २९ २०७७

  • टिपरको ठक्करबाट एकको मृत्यु,  दुईजना घाइते

    इनरुवा- सुनसरीको इटहरी १७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
    सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी ८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी(८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
    घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका ३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij