Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सनराइज बैङ्कको सीईओमा सुमन शर्मा नियुक्त


  • बिहिबार, माघ २९ २०७७

  • सनराइज बैङ्कको सीईओमा सुमन शर्मा नियुक्त

    काठमाडौं – सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।

    जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै बैङ्कले शर्मालाई नियुक्त गरेको हो । यसअघि शर्मा माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत थिए । माछापुच्छ्रे बैङ्कमा कार्यभार बाँकी छँदै गत फागुनमा उनी बाहिरिएका थिए ।

    शर्मासंग बैंकिङ्ग क्षेत्रको करिब २२ वर्षको अनुभव छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij