Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ११९ जनामा कोरोना संक्रमण


  • आइतबार, माघ २५ २०७७

  • थप ११९ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १ हजार ८१५ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९३१ जना होम आइसोलेसनमा, ५६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij