कैलाली- कैलालीमा घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा २० वर्षीया भावना वडू, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।
घाइते वर्षीया अन्जु जयगडी र काजल विकको टिकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
