Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्युठानमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु


  • शुक्रबार, माघ २३ २०७७

  • प्युठानमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

    प्युठान – प्युठानको सरुमारानीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
    सरूमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा रा १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    शुक्रबार बिहान भएको दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

    प्युठान प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij