जनकपुरधाम– जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड– नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन्।
बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।
नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दाहाल नेपाल समूहका कार्यकर्ताहरूले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।
यता प्रहरीले दाहाल(नेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
