Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते


  • शुक्रबार, माघ १६ २०७७

  • मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते

    मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

    यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij