Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ५५४ जनामा कोरोना संक्रमण


  • शुक्रबार, पुष २४ २०७७

  • थप ५५४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १९०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij