काठमाडौं – राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र द हिडन ट्रेजर बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्धन गर्नको निमित्त बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।
सो कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
