सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
