काठमाडौं– पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो।
५१३२ मा कोरोना परीक्षण गरिएको थियो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। यसैगरी निको हुनेको दर ९७।४ प्रतिशत रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
