Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनाद्धारा गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू


  • मंगलबार, पुष २१ २०७७

  • नेपाली सेनाद्धारा गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू

    काठमाडौं – नेपाली सेनाले आज गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ। गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म सेनाले पदयात्रा गर्न लागेको छ।

    पृथ्वी जयन्तीको अवसरमा सेनाले मंगलबारदेखि पदयात्रा सुरू गरेको र सेनाको टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन्। रणसिंह दल गणका अनुसार गोरखाबाट आज बिहान हिँडेको सेनाको टोली गोरखा दरबार-जोर चौतारो-ताप्ले-अश्राङ हुँदै बोर्लाङ पुग्नेछन्। आज घाटवेशीमा उक्त टोली बास बस्ने कार्यक्रम छ।

    सेनाले पदयात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरू श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुजको झण्डा, राष्ट्रिय झण्डा तथा टर्चसहित सेनाहरू सहभागी हुनेछन्।

    सेनाको गोरखास्थित उक्त टोलीले धादिङ सल्यान्टारका सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ। धादिङले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली नै काठमाडौं हनुमानढोका आउनेछ। यो पदयात्रा गत वर्षदेखि सेनाले सुरू गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij