Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ४२१ जनामा कोरोना संक्रमण


  • आइतबार, पुष १९ २०७७

  • थप ४२१ जनामा कोरोना  संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

    हाल ५४८७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij