Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ४१९ जनामा कोरोना संक्रमण


  • शनिबार, पुष १८ २०७७

  • थप ४१९ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् भने १८७० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल ५ हजार ७११ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२३४० जना होम आइसोलेसनमा छन् भने २१८ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij