काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरा ११/११ र मोरङमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
